डोनाल्ड ट्रम्प भन्छन् – इरानले बहादुरीका साथ लड्यो
एजेन्सी । इरानी भूमिमा बम प्रहार गरेको अमेरिकाले इरानी सेनाको तारिफ गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरानको १२ दिने युद्धमा इरानले वीरतापूर्वक लडेको भन्दै प्रशंसा गरेका हुन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि इरानले ‘साहसका साथ लडेको’ छ। टो बैठकको क्रममा राष्ट्रपति ट्रम्पसँग सोधिएको थियो कि के उनी इरानमाथिको प्रतिबन्ध हटाउने विचारमा छन् ? यसको जवाफमा उनले भने, ‘उनीहरूले (इरान) ले हालै युद्धको सामना गरेका छन् र उनीहरू साहसपूर्वक लडे।’
‘यदि उनीहरूले तेल बेच्न चाहन्छन् भने बेच्न सक्छन्, उनले भने ‘देशलाई पुनः उभ्याउनका लागि उनीहरूलाई पैसाको आवश्यकता छ।’ ट्रम्पले यो पनि भने कि चीनले इरानबाट तेल किन्न सक्छ । ट्रम्पले भनेका छन् कि इरान र अमेरिकाबिच अर्को हप्ता वार्ता हुनेछ।
उनले भने, ‘हामी कुनै सम्झौता गर्न सक्छौँ। मलाई अहिले थाहा छैन। यो आवश्यक पनि छैन। उनीहरूले हालै युद्ध लडे र अब आफ्नै दुनियाँमा फर्किएका छन्।’
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार
















