चैत १५ देखि सुपर–आठ क्रिकेट प्रतियोगिता


 


काठमाडाैं, चैत्र ३

खुकुरी इएनटी र डिभाज इभेन्ट एन्ड मिडिया प्रालिको आयोजनामा पहिलो सुपर–आठ क्रिकेट प्रतियोगिता यही चैत १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएको छ ।

विभिन्न बीस टोलीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिता यही चैत १९ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका सचिव विनोद महर्जनले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीलाई रु एक लाख तथा उपविजेतालाई रु ५० हजार प्रदान गरिने छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु २० हजार तथा उत्कृष्ट ब्याटसम्यान र बलरले जनही रु १० हजार पाउनेछन् । प्रतियोगितामा ३७ खेल हुनेछन् ।

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्