मुख्य सचिव र अमेरिकी राजदूतबीच भेटवार्ता



काठमाडौं । मुख्य सचिव एकनारायण अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव अर्याल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच नेपाल अमेरिका सम्बन्धका द्विपक्षीय सम्बन्धलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
भेटका क्रममा नेपालको अध्यागमन प्रणालीको सुदृढीकरण,अवैध आप्रवसानले निम्त्याएमा समस्याहरू,नेपालमा अमेरिकी लगानी एवं मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतका परियोजनामा अमेरिकी सहयोगको निरन्तरतालगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा अमेरिकी राजदूतावासका तर्फबाट पब्लिक अफेयर्स प्रमुख माइकल हार्करलगायतका प्रतिनिधि एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्