भारतमा रासायनिक कारखानामा आगलागी हुँदा २७ जनाको मृत्यु



काठमाडौं । भारतको तेलंगानास्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको रिएक्टरमा विस्फोटपछि भएको आगलागीमा २७ जनाको मृत्यु भएको छ।

उक्त घटनामा मृत्यु भएका चार जनाको पहिचान भइसकेको र बाँकी २३ जनाको पहिचान गर्ने प्रयास भइरहेको बीबीसी हिन्दीले जनाएको छ । 

दुर्घटनामा ३५ जना घाइते भएका छन्। उनीहरु सबैको उपचार भइरहेको छ।

जिल्ला प्रशासनले दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ। यसबाहेक ५७ जना सकुशल फेला परेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिइने बताएका छन् । 

यससँगै, बिहार सरकारले बिहारमा बस्ने मृतकका आश्रितहरूलाई २ लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्