म्यानचेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश


 


काठमाण्डौ, चैत्र ४

म्यानचेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रसियन क्लब एफसी रोस्तोभलाई १–० ले हराएसँगै म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मिडफिल्डर पाउल पोग्बालाई ४७ मिनेटमा चोटका कारण गुमाएको म्यानचेष्टर युनाइटेड केही दबाबमा आएको थियो । पाग्बालाई गुमाएको म्यानचेष्टर युनाइटेडले गोल गर्न ७० मिनेटसम्म कुर्नु पर्‍यो ।

म्यानचेष्टर युनाइटेडको जितमा जुवान माटा नायक भए । माटाले ७० औं मिनेटमा हेनरिक माखाटार्यानले डिबक्स भित्र निकालेको पासलाई जाल्टन इब्राहिमोबिचले मिलाइदिएपछि माटाले गोल गरेका थिए ।

माटाको यो सिजनको १० औं गोल हो । माटाको गोलसँगै क्यावटरफाइन प्रवेश गरेको म्यानचेष्टर यसअघि सन् १९८५ मा युरोपा लिगको पुरानो नाम युएफ कपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्