स्रोत नखुलेको २८ लाखभन्दा बढी रकमसहित तीन जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित पर्साबाट तीन जना पक्राउ परेका छन् ।
हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा रकमसहित तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई नौ लाख ४७ हजारसहित र वीरगञ्ज महानगर आर्दशनगरबाट र वडा नं ३ का विनितकुमार श्रीवास्तवलाई १५ लाख ८१ हजारसहित पक्राउ गरिएको हो ।
त्यसैगरी, बाराको परवानीपुर गाउँपालिका–४ का स्थायी बासिन्दा दीपककुमार सोनारलाई तीन लाखसहित पक्राउ गरिएको हो ।
उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार
















