चैत १० मा काँग्रेस बैठक


 


काठमाडौँ, चैत्र ४

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीको महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन नभएकामा नेतृत्वको आलोचना हँुदै आएको छ ।

पार्टीले आजै एक विज्ञप्तिमार्फत काँग्रेस स्याङ्जाका पूर्वमहाधिवेशन प्रतिनिधि मोहनीप्रसाद पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । स्व पौडेल ब्रेन ट्युमरको समस्याबाट पीडित हुनुहुन्थ्यो ।

काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको पूर्वसदस्यसमेत रहनुभएका स्व पौडेलले नेपाली काँग्रेसको सङ्गठन विस्तार तथा नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्