सरकारलाई कांग्रेसको प्रश्न- प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउनेहरु को हुन् ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउनेहरु को हुन् भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा बोलाएर कानून र संविधानले नचिनेका गिरोहरुले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै सरकारसँग प्रश्न गरेका हुन् ।
उनले भने- ‘प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरु को हुन रु तिनीहरु नेपालको संविधान र कानूनले नचिनेका केवल कालो चश्मा लगाएर राज्यका संयन्त्रहरु कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन । जनतामा एउटा गम्भिर चिन्ता छ-मन्त्रालयमा देखिएका मन्त्रीहरु देखाउन अनुहारहरु मात्रै हुन । वास्तविक निर्णय अरु कसैले गरिरहेको छ भन्ने व्यापक गुनासो छ ।’
संविधान र कानूनले नचिनेकोहरुले प्रधानमन्त्री कार्यालयमा बसेर कालो चश्मा लगाएर मुलुकमाथि शासन चलाउन खोज्नेहरु नयाँ गरोहको रुपमा रहेको बुढाको आरोप थियो ।
साथै सांसद बुढाले सबै मन्त्रालयहरुमा मन्त्री देखाउने अनुहारहरु मात्रै भएको तर त्यहाँ चलाउने अर्कैैं अदृष्य शक्तिहरु रहेको जिकिर पनि गरे ।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












