भोटेकोशीमा बाढीले मितेरी पुल बगायो, ठूलो क्षतिको आशंका



काठमाडौं, असार २४ । भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आउँदा ठूलो क्षति भएको छ ।

तिब्बततिर परेको वर्षापछि आएको बाढीले बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बाढीले पुर्याएको थप क्षतिको विवरण संकलन गर्ने काम भैरहेको सहायक प्रहरी निरीक्षक ज्योतिराम बीसीले जानकारी दिए ।

नदीमा आएको बाढी टिमुरेस्थित भन्सार यार्डमा रहेका केही मालबाहक कन्टेनरसमेत बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । यद्यपि, नदीमा पानीको वहाब उच्च रहेकाले तल्ले तटीय क्षेत्रमा बसोबार गर्ने बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्