Deshko News
११ आश्विन २०८०, बिहिबार

दुई महिलाको गोली हानी हत्या



मोरङ, चैत्र ५

मोरङको कटहरी गाविसमा गोली प्रहारबाट सासु–बुहारीको हत्या भएको छ। कटहरी– १ आदर्श टोल बस्ने अन्दाजी ४५ वर्षकी गीता निरौला र उनकी बुहारी २२ वर्षकी अस्मिता भट्टराईको शुक्रबार साँझ आफ्नै घरमा गोली प्रहारबाट हत्या भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

घटनास्थलमा क्षेत्रीय अनुसन्धान समूह आरआईटी र जिल्ला प्रहरी कार्यालय मोरङको टोली परिचालन भई घटनाबारे थप अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने व्यक्तिको खोजी तीब्र भइरहेको प्रहरीले जानकारी दिएको छ।

दिउँसो साढे चार बजेतिर प्रहरीलाई खबर भएको र प्रहरी पुग्दा घटनास्थलमा दुवै जना मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। निरौला इन्द्रचन्द्र डाँगाकी श्रीमती हुन् भने भट्टराई ईन्द्रचन्द्रको छोरा राम डाँगाकी श्रीमती हुन्।  हत्याको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News