नेपाल क्रिकेट संघका लागि नयाँ विधान
काठमाडाैं, चैत्र ५
नेपाली क्रिकेटको विवाद मिलाउन गठित सल्लाहकार समितिले अर्को हप्ताभित्र क्रिकेट संघको नयाँ विधानको मस्यौदा तयार पार्ने जनाएको छ ।
त्यसरी बनाइएको विधान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीमा पठाउने र चुनावमार्फत विवाद हल गर्ने सम्बद्ध पक्षहरुले बताएका छन् ।
क्रिकेट परिषद् (आइसीसी)ले निलम्बन फुकुवा गर्ने संकेत गरेकोले यस्तो तयारी अघि बढाइएको बताइन्छ ।
प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार