Deshko News
९ आश्विन २०८०, मंगलबार

यौन क्रियाकलापमा संलग्न ६ जना पक्राउ



भक्तपुर, चैत्र ६

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले यौन क्रियाकलापमा संलग्न तीन पुरुष र तीन महिलालाई आज पक्राउ गरेको छ । भक्तपुर नपा–११, आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा प्रहरी टोलीले छापा मार्दा रेस्टुरेन्टको माथिल्लो तलाको तीनवटा कोठाबाट यौन क्रियाकलापमा संलग्न भइरहेको अवस्थामा तीन जोडी महिला पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले रेस्टुरेन्ट सञ्चालकसमेतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: ६ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News