शहीद गोबिन्द गौतमको परिवारलाई चलचित्र निर्माता संघको सहयोग
काठमाण्डौ, चैत्र ६
भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका नेपाली नागरिक गोबिन्द गौतमको परिवारलाई चलचित्र निर्माता संघ नेपालले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संघका अध्यक्ष नवल खड्का, महासचिब विमल नेपाल, सचिब मनोज श्रेष्ठलगायतका कलाकार गौतमको घरमा पुगेर उनका परिवारलाई सहयोग रकम हस्तान्तरण गरे ।
गौतमकी आमाले छोराको सालिक बनाइनुपर्ने, गाउँको नाम गोबिन्दपुर राख्नु पर्ने र शहीदका श्रीमती र छोरीहरुलाई जागिरको व्यवस्था गर्नुपर्ने माग राख्नुभउको बताईएको छ ।
शहिद परिवारलाई भेटेर आएको निर्माताको टोलीले राज्यले जिम्मा लिएन भने शहीदका छोरीहरुको पढाईको जिम्मा लिने बताएको छ ।