एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला



काठमाडौं २८ असार । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनका लागि खेलाडी दर्ता खुला भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी दर्ता खुला भएको जनाएको हो ।

क्यानका अनुसार खेलाडीले आफ्नो इच्छाअनुसार ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा आफ्नो नाम दर्ता गराउने सक्नेछन् ।
पहिलो संस्करणबाट रिलिज भएका वा एनपीएलमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूले https://npl-t20.com/registration मा गएर नाम दर्ता गर्न सक्ने क्यानले जनाएको छ । दर्ता शुल्क एक हजार कायम गरिएको छ ।

साउन ५ गतेसम्म दर्ता खुला रहने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्