युक्रेन युद्धमा रुसलाई बिनासर्त समर्थन गर्ने किमको प्रतिबद्धता



एजेन्सी । उत्तर कोरियाले रूसलाई युक्रेनसँगको युद्धमा विनासर्त समर्थन गर्ने भएको छ ।

उत्तर कोरियाका नेता किम जोङ उनले रूसी विदेशमन्त्री सर्गेइ ल्याव्रोवसहितको कुटनीतिक टोलीसँगको भेटमा युक्रेनविरूद्धको लडाइँमा आफ्नो देशले विनासर्त मस्कोलाई विनासर्त समर्थन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

नेता किमले युक्रेनसँगको लडाइँमा रूसले चाल्ने सबै कदमलाई समर्थन र प्रोत्साहन गर्ने बताए ।

नेता किम र रूसी विदेशमन्त्रीबीचको भेटवार्तामा उनीहरूले दुवै देशको हितमा द्वीपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने र आफ्ना जनताको सुख, समृद्धि र उज्यालो भविष्य सुनिश्चित गर्न एक-अर्कासँग नजिकको सहयोग र समर्थन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्