नेपाल बंगलादेशसँग पराजित



काठमाडौं २९ असार। साफ महिला यु २० च्याम्पियनसिपमा नेपाल बंगलादेशसंग पराजित भएको छ ।
बंगलादेशमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो ।

सिन्हा शिखाले १४औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ३६औं मिनेटमा सागोरिकाले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।

खेलको ७७औं मिनेटमा पेनाल्टीमार्फत नेपालकी अनिशा राईले गोल गर्दै अग्रता घटाइन् ८६औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् ।

२–० ले पछि परेको नेपाल खेलमा फर्किएपनि इन्जुरी समयको अन्तिममा सम्हालिन सकेन । इन्जुरी समयको अन्तिम मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई जितको बाटो दोहोर्‍याइन् ।

च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्