५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर्न रुसलाई डोनाल्ड ट्रम्पको धम्की



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि भारी कर लगाउने चेतावनी दिएका छन् ।

उनले सोमबार युक्रेनसँगको युद्ध अन्त्य गर्न रुसलाई दबाब दिन भारी कर लगाउने धम्की दिएका हुन् । ट्रम्पले भने, ‘म धेरै कुराको लागि व्यापार प्रयोग गर्छु, तर यो युद्ध अन्त्य गर्न धेरै राम्रो हुन्छ।’
ट्रम्पले यदि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेनन् भने उनीमाथि १०० प्रतिशत कर लगाइने बताए ।

ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा नेटो महासचिव मार्क रुटसँग भेटवार्ता गरे। यस क्रममा ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा पनि गरे। उनले भने, ‘युक्रेनलाई रुसको आक्रमणबाट बच्न हतियार चाहिन्छ।’

ट्रम्पले आफ्नो योजना अन्तर्गत युरोपेली देशहरूले अमेरिकाबाट हतियार किनेर युक्रेनलाई दिने बताए ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्