टोटनह्यामले साउथह्यामप्टनलाई २–१ ले हरायो



काठमाण्डौ, चैत्र ७

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा ह्यारी केन बिना खेलेको टोटनह्यामले साउथह्यामप्टनलाई २–१ ले हराएर शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी १० कायम गरेका हो ।

टोटनह्यामको जितमा क्रिश्चियन एरिक्सन र डेल अलीले गोल गरे । दुवै गोल पहिलो हाफमा नै भएको हो । साउथह्यामप्टनका लागि दोस्रो हाफमा जेम्स वार्ड प्रावजले एक गोल फर्काए ।

१४ औं मिनेटमा एरिक्सन र ३३ औं मिनेटमा अलीले गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा २–० को अग्रता लियो । ५२ औं मिनेटमा प्रावजले साउथह्यामप्टनका लागि एक गोल फर्काए ।

यो जित घरेलु मैदानमा टोटनह्यामको लगातार १० औं जित हो । जितपछि दोस्रो स्थानको टोटनह्यामको २८ खेलबाट ५९ अंक भएको छ । शीर्ष स्थानको चेल्सीको ६९ अंक छ । २७ खेलबाट ३३ अंक जोडेको साउथह्यामप्टन दशौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News