काठको टुक्राले प्रहार गरी श्रीमतीको हत्या



‎‎सुर्खेत, साउन ११ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।‎

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१३ करे खोलाका करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नै ४० वर्षीय श्रीमती रविना ठाडा मगरको हत्या गरेका हुन् ।

दानसिंहले गएराति करिब १ः४० बजे सुतिरहेकी श्रीमतीको टाउकोमा काठको टुक्राले प्रहार गरेका गर्दा उनको घटनास्थलमै मृत्यु भएको ‎‎प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले दिएको जानकारी दिए ।

‎‎खाटको खुट्टा बनाउन राखिएको काठले प्रहार गर्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो । ‎स्थानीयले बिहान करिब २ः३० बजे प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी बिट करेखोलाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेर श्रीमतीको हत्यामा संलग्न दानसिंहलाई नियन्त्रणमा लिएको छ ।

‎दानसिंह मानसिक रोगी भएको बताइएको छ। ‎घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्