मुटुका बिरामी मौसमले पाए चार लाख बढी सहयोग
काठमाडौं, साउन १२
भोजपुरका मुटुका बिरामीले आर्थिक सहयोग प्राप्त गरेका छन् । मुटुको रोगका कारण लामो समयदेखि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारत भोजपुर नगरपालिका-११ आम्तेकका २६ वर्षीय मौसम राईलाई ४ लाख ७४ हजार आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम मलेशियामा रहेका गंगा राई,कोरियामा रहेका भबिन्द्र राई र केदार राईको पहलमा नेपालसहित विभिन्न देशबाट संकलन गरिएको हो । विदेशमा दक्षिण कोरिया र बेलायतसहितका प्रवासी नेपालीहरूले पनि सहयोग रकम पठाएका थिए ।
मौसमको उपचारका लागि नेपालका सहयोगी, शुभेच्छुक, बेलायतमा रहेका आफन्त र दक्षिण कोरियासहित विभिन्न देशमा बस्ने नेपालीले उक्त सहयोग रकम दिएका हुन् ।
उक्त सहयोग रकम केदार राईले मौसमका दाजु मिथुनलाई गंगालाल हृदयरोग केन्द्रमै पुगेर हस्तानतरण गरेका हुन् । मौसमको उपचाराको लागि नेपालसहित विभिन्न देशमा आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार










