तीन दिनमा ४ हजार घटेको सुन आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । गएका तीन दिनसम्म लगातार घटेको सुनको मूल्य आज भने स्थिर छ।
आज सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य हिजो प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने थोरै बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुईसय ९५ रुपैयाँ कामय भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार
















