सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार ?



काठमाडौँ । स्थानिय बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि दश रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्