बलात्कार आरोपमा रास्वपाका पालिका सभापति पक्राउ
दाङ, साउन २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रावस्वपा) सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका सभापति रामचन्द्र बस्नेत बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
एक सुस्त मनस्थितिकी एक महिलालाई बलात्कार आरोपमा प्रहरीले सभापति बस्नेतलाई काठमाडौंको बनस्थलीबाट साउन १९ गते नै पक्राउ गरेको सार्वजनिक भएको हो ।
प्रहरी निरीक्षक विकास राईका अनुसार उनीमाथि २०८१ साल साउन ६ गते स्थानीय सुस्त मनस्थितिकी महिलालाई बलात्कार गरेको अभियोग छ ।
बस्नेतलाई जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार










