स्कुल बसको ढोकाबाट खसेर बालकको मृत्यु



काठमाडौँ, साउन २३ । सर्लाहीमा स्कुल बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बरहथवा नरपालिका–८ टाँडीमा बिहीबार साँझ विद्यालय समय सकेर विद्यार्थीलाई घर छाड्न धनकौलतर्फ गइरहेको कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बसबाट खसेर धनकौल गाउँपालिका–३, हरकठवाका निसार शेखका १३ वर्षीय छोरा फैजान शेखको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका बालकलाई यहाँ सामान्य उपचारपश्चात थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बालक सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेका थिए ।

बस र बस चालक बागमती नगरपालिका–१०, बस्ने २१ वर्षीय राजकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकको शव वीरगन्जमै रहेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्