उत्तराखण्ड भीषण बाढी : १७ नेपाली बेपत्ता !
काठमाडौं । छिमेकी देश भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर १७ जनना नेपाली बेपत्ता भएको आशंका गरिएको छ ।
केहीदिन अघि ठूलो धनजनको क्षति हुने गरी आएको भीषण बाढीमा नेपालीहरु पनि बेपत्ता भएको आशंका गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १७ जना नेपाली हराइरहेको भन्दै दुख व्यक्त गरेका छन् ।
तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किन लागेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै दुःख व्यक्त गरेका हुन् । उनले हराइरहेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत कुटनीतिक पहल गरिएको समेत बताए ।
उनले लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु ।’
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार










