बडिमालिका यात्राका क्रममा लडेर पूर्व शिक्षामन्त्रीका छोराको मृत्यु



बाजुरा, साउन २३ । बाजुराको बडिमालिका यात्राका क्रममा क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका छोरा ५२ वर्षीय विप्लब ओझाको मृत्यु भएको हो ।

बडिमालिका मन्दिरबाट १ घण्टाको दुरिमा तल झर्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताए । उनका अनुसार उनी ७ सय मिटर तल खोचमा खसेका छन् । शव निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

हाल गोकर्णश्वर ५ काठामाडौंमा बस्दै आएका ओझा गएराति नै बडिमालिकाबाट फर्केको हुन सक्ने प्रहरीले जनाएको छ । राति हिँडेका कारणले भिरमा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

शक्तिपिठका रुपमा रहको बडिमालिकामा यसवर्ष साउन २३ गते अर्थात आज पूजा लागिरहेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्