गल्छीमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध
धादिङ, साउन २३ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
पहितोले आज बिहानदेखि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
पहिरोका कारण काठमाडौं जाने सवारीसाधन गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् ।
लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार










