प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै



काठमाडौँ, साउन २३ । तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन् ।

तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर उनी आज स्वदेश फर्किन लागेका हुन् ।

उनलाई विहान ८ः३० बजे तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ विदाई गरे ।

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्