करेन्ट लागेर किसानको मृत्यु
सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
धान खेतमा लगाइएको विद्युत मोटर खोल्ने क्रममा करेन्ट लागेर स्थानीय ४२ वर्षीय शम्भुकुमार इसरको मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार










