मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेमा पनि ‘ह्वीप’
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले पनि ह्वीप जारी गरेको छ ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप लगाएको हो ।
गत २० साउनमा मुख्यमन्त्री नियुक्त बानियाँले यही साउन २७ गते मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसले यसअघि नै ह्वीप जारी गरिसकेको छ ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार










