पूर्व प्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफलमा ओली गएनन्


 


काठमाडौं, चैत ११

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदै यसक्रममा उच्चस्तरीय भेटघाट र छलफल हुने बताए । प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण मुलतः सदभावना भ्रमण भएको जानकारी दिँदै यसक्रममा दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध बिषयमा छलफल हुने जानकारी दिएका थिए ।

उक्त भेटमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल सहभागी थिए । तर पूर्व प्रधानमन्त्रीद्वय केपी ओली र डा. बाबुराम भट्टराई भने प्रधानमन्त्रीले डाकेको छलफलमा सहभागी भएनन् । पूर्व मन्त्रीहरु डा.रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले पनि प्रधानमन्त्री समक्ष आफ्ना सुझाव राखेका थिए ।

प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्री र विज्ञका सुझाव धेरै फलदायी रहेको बताउँदै सुझावका लागि धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्