राप्रपा युवा भेलाको काठमाडौं अधिवेशनमा दुई पक्षबीच हात हालाहाल
काठमाडौं । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच नोकझोक भएको छ ।
कार्यक्रम सुरु नहुँदै धवलशम्शेर राणा पक्षका युवा ज्योति लामाले माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए । त्यसपछि लिङदेन पक्षका केही युवाहरुले मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल स्थिति आएको हो ।
अधिवेशनमा हात हालाहालको स्थिति आएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद चल्दै आएको छ ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार
















