नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता



काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिएको छ ।

नेकपा एसको आज बसेको सातौँ सचिवालय बैठकले उनलाई वरिष्ठ नेताका रुपमा जिम्मेवारी दिने औपचारिक निर्णय गरेको हो।

वैठकले नेता गौतमलाई अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनालपछि तेस्रो वरीयता तोकिएको हो । गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका छन् ।

यसैगरी बैठकले वामदेव पक्षीय तीन नेताहरू डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई रहेका छन् ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्