धरानमा समर क्याम्प
धरान १ भदौ । गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘गरिमा समर क्याम्प–२०८२’ विविध कार्यक्रम गरि समापन भएको छ।
गरिमा डान्स सेन्टरका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्व एन प्याव्सन धरानका अध्यक्ष भगत लिम्बुको प्रमुख आतिथ्यमा धरान–१५ सदन सभा भवनमा शनिबार उक्त समर क्याम्प समापन कार्यक्रम भएको हो।
समर क्याम्पमा बालबालिकाहरुले सिकेका नृत्य, क्याटवाकरर्याम्पवाक, वाककलालगायतको प्रतिभा प्रस्तुत गरि साथै प्रमाणपत्र ग्रहण गरेर उक्त समर क्याम्प–२०८२ समापन भएको हो।
कार्यक्रममा प्रमुख अतिथी लिम्बु सहित धरान उप–महानगरपालिका न्याय पालिका सदस्य एवं धरान–१४ का वडा सदस्य झरना मुखिया (पौडेल), समाजसेवी तथा व्यवसायी टंककुमारी गुरुङ, एशियन थाई फुड्स प्रालिका धरान एरिया अफिसर तथा कलाकार अमित गुरुङ र सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईले बालबालिकालाई प्रमाणपत्र प्रदान गरेका छन्।
गर्मीको बिदामा बसेका बालबालिकाहरुलाई बिदाको सदुपयोग गरी उपयोगी कला तथा प्रतिभाहरु सिकाउने उदेश्यले आयोजित उक्त समर क्याम्पमा धरानका १५ वटा विद्यालयका ३६ जना बालबालिकाहरुले डान्स, क्याटवाक, र्याम्पवाक, पब्लिक स्पीकिङको प्रशिक्षण लिनुका साथसाथै भ्रमण, स्वीमिङलगायतको गतिविधीमा संलग्न समेत भएका थिए।
साउन १ गते देखि १४ पहिलो समुह र १४ गते देखि २८ गते दोस्रो समुह गरि दुई समुहले दुईरदुई हप्ताको अवधिमा प्रशिक्षण लिएको गरिमाकी संचालक तथा प्रशिक्षक सन्जु राईले जानकारी गराइन्।
उक्त ‘गरिमा समर क्याम्प–२०८२’का बालबालिकाहरुलाई नृत्यहरु नृत्य निर्देशक बिनिता राई, पावल राई, क्याटवाक÷र्याम्पवाक हिमाल बिश्वकर्मा र वाककला बोल्ने कलाको तालिम सन्जु राईले प्रदान गरेका हुन्।
प्रकाशित मिति: १ भदौ २०८२, आइतबार







