सामसङले नेपाली उपभोक्ताका लागि QLED टिभीमा भिजन एआई ल्याउँदै
कठमाडौा १ भदौ । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ त्तीभ्म् टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ, जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउँछ।
यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआई ले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिनेछ। नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहँदै, सामसङको यो नयाँ श्रृंखलाले टिभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै, तिनलाई दैनिकीलाई अझ समृद्ध बनाउने स्मार्ट साथीमा रूपान्तरण गर्छ।
सामसङ भिजन एआई को अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआई बाट अझ शक्तिशाली बनाउँदै, प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिन्छ।
प्रकाशित मिति: १ भदौ २०८२, आइतबार












