तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं, भदौ २ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका गरि आज (सोमबार) तीन संसदीय समितिको बैठक बस्दैछ ।

जसमा बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिनेछ ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: २ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्