यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । तर पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको छ ।
आज दिउँसो लुम्बिनी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनीको तराई र बागमतीको पहाडी भेगका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागसँगै अरू ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति कोशी प्रदेशको तराई भू–भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ । देशका अन्य भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २ भदौ २०८२, सोमबार












