बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु



काठमाडौं । काठमाडौँको बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गएराति पौने २ बजेतिर बुढानीलकण्ठ नगरपालिका वडा नम्बर– ७ स्पेसलचोकमा गोल्फुटारबाट बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ को स्कुटर र बुढानिलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००२ प ५७२ को मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा सिराहाको जम्दह–४ निवासी २९ वर्षीय भोला थापा र नाम ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय युवक छन् । उनीहरूको उपचारको क्रममा त्रिवि शिक्षण अस्ताल महाराजगञ्जमा मृत्यु भएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

दुर्घटनामा गोरखाको आरुपोखरी घर भई हाल बुढानिलकण्ठ– ८ भंगाल बस्दै आएका अन्दाजी २४ वर्षीय एरिक परियार, नाम, थर र बतन नखुलेका अन्दजी २८ वर्षीय युवक र नाम, थर र बतन नखुलेका अन्दाजी वर्ष ३० का युवक गरि तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये नाम, ठेगाना नखुलेका दुई युवकको अवस्था गम्भीर छ ।

प्रकाशित मिति: २ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्