पहिरोले मदन भण्डारी राजमार्ग अवरुद्ध
गुल्मी, भदौ २ । वर्षासँगैको पहिरोका कारण मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–रिडी सडकखण्ड अवरुद्ध भएको छ ।
रेसुङ्गा नगरपालिका–१३ स्थित भँगाडी खोला नजिकै पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।
सडक खुलाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घासबाट बाहिरिने र भित्रिने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।
प्रकाशित मिति: २ भदौ २०८२, सोमबार












