बालबालिकालाई स्वर्ण बिन्दु खवाइँदै



आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगर चितवनमा बिहीबार बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाइँदै । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथ उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ विगत २१ महिनादेखि स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । यही श्रृङ्खलाको २१औँ संस्करणअन्तर्गत आज चिकित्सालयमा बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको हो । तस्बिरः सनद अधिकारी/रासस

प्रकाशित मिति: ५ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्