यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, भदौ ११ । नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ।
कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रकाशित मिति: ११ भदौ २०८२, बुधबार












