तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, भदौ ११ । संघीय संसद अन्तर्गत आज (बुधबार) विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् ।
जसमा राज्य व्यवस्था तथा सुशासन समिति बैठक दिउँसो ३ बजे बस्दैछ । समितिको सभाकक्षमा बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने कार्यक्रम रहेको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कायैसूची छ ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधाय समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१÷८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: ११ भदौ २०८२, बुधबार












