आज विश्व ताल दिवस मनाइँदै
काठमाडौँ, भदौ ११ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ ।
पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको थियो ।
संयुक्त राष्ट्रसंघका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन् । तालले विश्वको जमिनको चार प्रतिशत भाग ओगटेका छन् ।
प्रकाशित मिति: ११ भदौ २०८२, बुधबार












