राष्ट्रपति पौडेलद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह
काठमाडौँ, भदौ ११ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका नेपाली युवक विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथासक्य पहल गरिदिन सो आग्रह गरेका हुन् ।
राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका छन् ।
प्रकाशित मिति: ११ भदौ २०८२, बुधबार












