जसपा नेपालका नेता यादवको निधन
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता दिपक कुमार यादव (टुटु बाबु) को निधन भएको छ ।
सप्तरीको महादेवा गाउँपालिका निवासी ७५ वर्षिय यादवको बुधवार उपचारका क्रममा विराटनगरमा निधन भएको हो ।
महादेवा गाउँपालिकाको निर्वतमान अध्यक्ष एवं जसपा नेपालको केन्द्रिय सल्लाहकार समितीका सदस्य समेत रहेका थिए ।
उनको पार्थिव शरिर बुधवार नै गाउँमा ल्याइएको तथा घरमा धार्मिक संस्कार तथा अन्तिम श्रद्धाञ्जली लगायतका विधि सकाएर विहीवार अन्त्येष्टि कार्यक्रम गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार












