एमालेको विधान महाधिवेशन : कति प्रतिनिधि सहभागी हुँदैछन् ?



काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना गरिएको छ ।

विधान महाधिवेशनका लागि पार्टीले तयारी तीब्र पारेको जनाएको छ । पार्टी स्थायी कमिटी सदस्य एवं पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो मात्र महाधिवेशनको मुल नारा तय गरेको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल,सुखी नेपाली राष्ट्रिय गन्तव्य’लाई पार्टीले मुल नारा बनाएको छ ।

महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका सबै उपसमितिहरुलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिएका छन् ।

महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कुल २ हजार ३ सय ७८ रहेका छन् । गौतमका अनुसार प्रतिनिधि मात्र २ हजार १ सय २४ जनाले महाधिवेशनमा सहभागिता जनाउने छन् ।

प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्