राष्ट्रपतिको स्वागतमा मादी नगरपालिकामा सार्वजनिक बिदा
संखुवासभा, भदौ १२ । संखुवासभाको मादी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वागतमा आज (बिहीबार) सार्वजनिक विदन दिएको छ ।
राष्ट्रपति पौडेलले मादी माध्यमिक विद्यालयको ७५औं वार्षिकोत्सव तथा हिरक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नगरप्रमुख जीवन लिङथेपले बुधबार विज्ञप्ति जारी गर्दै नगर अन्तर्गतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्था बन्द रहने उल्लेख गरेका थिए ।
महोत्सवमा राष्ट्रपति पौडेलले विद्यालयको ७५औं वार्षिकोत्सवको औपचारिक उद्घाटन गर्नुका साथै विद्यालय प्राङ्गणमा निर्मित हिरक स्तम्भको अनावरण र विद्या, शिक्षा र ज्ञानको प्रतीकका रूपमा स्थापित सरस्वतीको मूर्तिको पनि अनावरण गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार












