वीरगञ्जमा ६ दिनमै २२६ जनामा हैजा संक्रमण



पर्सा । वीरगञ्जमा ६ दिनमा २२६ जना हैजाबाट संक्रमित भएका छन् ।

नारायणी अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले बताए ।

उनका अनुसार संक्रमितमध्ये १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । अहिले अस्पतालमा सङ्क्रमित ६४ जना बिरामी उपचाररत छन् ।

बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’ का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको उनले बताए ।

प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्