संसद्को भदौको क्यालेन्डर तय गर्न सभामुख प्रमुख सचेतकहरूसँग छलफलमा



काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग भदौ महिनाको संसद् क्यालेन्डरका विषयमा छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको छलफलमा क्यालेन्डर तय गरिएको छ ।

शुक्रबार बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकबाट निर्णय भएपछि क्यालेन्डर सार्वजनिक हुनेछ । बैठकमा सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचेतक अनिसा नेपाली र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्