तौलिहवाको पचेहरामा बम विष्फोट



कपिलबस्तु, १२ भदौ कपिलबस्तु नगरपालिका – १० तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट भएको छ । तौलिहवा जितपुर सडकखण्डको पचेहरा हाटबजारको बिचबाटोमा बम विष्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पडकेको आवाज आएको छ, खाल्डो भएको छ बम होकि के हो यकीन हुन सकेको छैन ।” घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्